५ आश्विन २०८१, शनिबार

विप्लव नेतृत्व नेकपाका सेती-महाकाली ब्यूरो इन्चार्ज पुन र महिला नेतृ धामी पक्राउ

प्रकाशित मिति :  15 July, 2020 12:48 pm


कैलाली, असार ३१ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती-महाकारी ब्यूरो इन्चार्ज ओमप्रकाश पुन र अनेमसंघ क्रान्तिकारी सेती-महाकाली संयोजक पूर्णिमा धामीलाई प्रहरीले पक्राउ गरेको छ । दुबै जनालाई आज बिहान कैलालीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धामी पुनकी श्रीमती हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले उनीहरुलाई कैलालीको फुलबारी क्षेत्रबाट गिरफ्तार गरेको सूदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

पुन पछिल्लो समय पक्राउ पर्ने विप्लव नेकपाका उच्चस्तरका नेता हुन् ।



प्रतिक्रिया दिनुहोस !