कोरोना संक्रमण निको भएर घर पर्कनेको संख्या ११ हजार नाघ्यो, कूल संक्रमितमा ६४.२ प्रतिशत निको
काठमाडौं, असार ३१ ।
कोरोना संक्रमण निको हुनेको संख्या ११ हजार २५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६९७ जनाले कोरोना जितेको जानकारी दिदै हालसम्म कोरोना निको भएर घर फर्कनेको संख्या ११ हजार २५ पुगेको जानकारी दिए । यो कुल निको हुनेको संख्या ६४ दशमलव २ प्रतिशत हो । आज मात्र भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला कोरोना मुक्त जिल्ला भएका छन् ।
पछिल्लो २४ घण्टामा २६ वटा प्रयोगशालामा ५ हजार ९० जनाको परीक्षण गर्दा ११३ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ । ती मध्ये ६ हजार ११४ जना सक्रिय सङ्क्रमित छन् ।
प्रवक्ता डा. गौतमका अनुसार आज देखिएका सङ्क्रमितमध्ये सुर्खेतमा २८, सप्तरीमा १३, नवलपरासी (पूर्व)मा ११, म्याग्दीमा नौ, चितवनमा आठ, काठमाडौँमा सात, धनुषामा छ, रौतहटमा पाँच तथा कास्की, तनँहु, सल्यान र दैलेखमा तीन/तीन जना रहेका छन् ।
यस्तै डडेल्धुरा, जुम्ला र सल्यानमा दुई÷दुई जना तथा धनकुटा, मोरङ, ताप्लेजुङ, नुवाकोट, सिन्धुपाञ्चोक, धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका एक÷एक जनामा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।