३१ भाद्र २०८१, सोमबार

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका फुल्पिङ गाउँमा पहिरोले घर पुरिंदा ५ जना बेपत्ता

प्रकाशित मिति :  16 July, 2020 7:51 am


काठमाडौं, साउन १ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ स्थित फुल्पिङ गाउँमा गएराती गएको पहिरोले घर पुरिंदा ५ जना  बेपत्ता भएका छन् ।

एकै घरका आमा, एक छोरी, बुहारी र दुइ नातिनी पुरिएको स्थानीयले जानकारी दिए ।

एकजना महिलाको पुरिएको अवस्थामा देखिएको उनीहरुले बताएका छन् । खोजतलासका लागि प्रहरी घटनास्थलमा गएको छ । घटनाबारे थप जानकारी आउन वाँकी छ ।



प्रतिक्रिया दिनुहोस !