४ आश्विन २०८१, शुक्रबार

नायिका स्वेता खड्का माछापुच्छ्रे बैंकको ब्राण्ड एम्बासडर

प्रकाशित मिति :  16 July, 2020 4:11 pm


काठमाडौं, साउन १ ।

माछापुच्छ्रे बैंक लिमिटेडको ब्रान्ड एम्बासडरमा अभिनेत्री एवं समाजसेवी स्वेता खड्का नियुक्त भएकी छन् । अभिनय तथा समाजसेवासँगै व्यावसायमा आवद्द रहेकी खड्कालाई माछापुच्छ्रे बंैकले ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो ।

आज माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नायिका खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको बताएको छ ।

२० वर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसँग ब्रान्ड एम्वासडरको रुपमा आवद्ध हुन पाउँदा आफूलाई खुशी लागेको बताउँदै आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।



प्रतिक्रिया दिनुहोस !