३१ भाद्र २०८१, सोमबार

दाङको बंगलाचुलीमा कोरोना संक्रमण शून्य,पहिलो चरणको रोकथाम कार्यले पायो ‘विश्राम’

प्रकाशित मिति :  16 July, 2020 5:40 pm


दाङ, साउन १ । 

सुरुमा कोरोना संक्रमणको चपेटामा परेको दाङको बंगलाचुली गाउँपालिकामा सबै क्वारेन्टाइन र आईसोलेशन खाली भएका छन् ।

बंगलाचुली गाउँपालिका कोरोना संक्रमितका हिसाबले जिल्लामै दोस्रो स्थानमा रहेको थियो ।यस गाउँपालिकामा १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । जसमा दुई जना अन्तरजिल्लाका रहेको र उनीहरुलाई जिल्ला प्यूठानमा माण्डवी गाउँपालिकामा पठाईएको   थियो ।

बाँकी संक्रमीत मध्य १४ जना झुलिडाँडा आईसोलेसनबाट , ८७ जना पद्ममोदय आईसोलेसनबाट र ५८ जना कोरोना अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।

एक जना संक्रमित बेलझुण्डीमा उपचाररत रहेका छन् । बंगलाचुली गाउँपालिकाले १५ सय ३४ जनाको पिसीआर परिक्षणका लागि स्वाब संकलन गरी सबैंको रिपोर्ट समेतआई सकेको छ । जसमा १ सय ६२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

बंगलाचुली गाउँपालिकामा भारतबाट फर्केका १४ सय भन्दा बढी बंगलाचुलीवासीको कोरोना परीक्षण गरीएको थियो । साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधी र संक्रमितहरुको सम्पर्कमा आएका स्थानीयहरुको कोरोना परिक्षण गरिएको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जि.सीले जानकारी दिए । हाल बंगलाचुली गाउँपालिकामा रहेका सम्पुर्ण क्वारेन्टाईन तथा आईसोलेसनहरु खाली रहेको जि.सी.को भनाई छ ।

स्वास्थ्य शाखा प्रमुख जि.सीका अनुसार बंगलाचुली गाउँपालिका वडा नं.४ को झुलिडाँडामा रहेको आईसोलेसनलाई आपतकालिन प्रयोजनका लागि तयारी अवस्थामा राखिएको छ । नेपाल सरकारले जारी गरेको स्वाव संकलन निर्देशिका अनुसार अहिलेलाई लक्षण विहिनहरुको स्वाव संकलन कार्य नगरिएको स्वास्थ्य शाखा प्रमुख जिसिको भनाई छ ।

यसैबीच बंगलाचुली गाउँपालिकाको व्यवस्थापनमा घोराहीको भरतपुरमा रहेको पद्ममोदय पव्लिक नमुना माध्यामिक विद्यालय भवनमा संचालन गरिएको जिल्ला स्तरीय आईसोलेसन बन्द गरिएको छ । बंगलाचुली गाउँपालिकामा कोरोना संक्रमितहरुको संख्या शून्य भएपछि आईसोलेसन बन्द गरिएको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिए ।

बंगलाचुली गाउँपालिकाले एक औपचारीक कार्यक्रमको आयोजनागरी आईसोलेसन स्थापना गर्न दिने पद्ममोदय पव्लिक नमुना माध्यामिक विद्यालय परिवारलाई कदर पत्र सहित उच्च सम्मान प्रकट गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वालीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी कदर पत्र सहित उच्च सम्मान प्रकट गरिएको हो \



प्रतिक्रिया दिनुहोस !