३ आश्विन २०८१, बिहिबार

सत्तारुढ नेकपा भित्रको गतिरोध कायमै, स्थायी कमिटी बैठक फेरि स्थगित

प्रकाशित मिति :  17 July, 2020 1:30 pm


फाइल तस्बिर

काठमाडौं, साउन २ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

आज ११ बजे बस्ने गरि एक हप्ता अघि बैठक स्थगित गरिएको थियो । तर फेरी दिउँसो ३ बजेका लागि स्थगित गरियो । तीन बजेपनि बैठक बस्ने वातावरण नबनेपछि पर्सीसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गते ३ गतेसम्मका लागि सारिएको जानकारी गराएका छन् ।

आन्तरिक सहमतिका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पटक पटक छलफल भएपनि सहमति हुन सकेको छ ।

दुबै पक्ष निरन्तर छलफलमा छन् तर निकास निस्कने गरि कुनै आधार तय हुन सकेको छैन । प्रचण्ड र नेपाल पक्षले ओलीले दुबै पदबाट राजिनामा दिनुपर्ने माग राख्दै आएको छ भने ओली अस्वीकार गर्दै आएका छन् ।

दुबै पक्षको आ-आफ्नो अडानका कारण पार्टी विभाजन तर्फ उन्मुख भएको नेताहरुले नै बताएका छन् । यद्यपी पार्टी फुट्न नदिने गरि छलफल र विभिन्न तहका नेताको दबाव कायमै छ ।



प्रतिक्रिया दिनुहोस !