३ आश्विन २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना संक्रमणको पुष्टि,२ सय ८५ जना निको भएर घर फर्किए

प्रकाशित मिति :  17 July, 2020 4:47 pm


काठमाडौं, साउन २ ।

पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले देशभर ४ हजार ६ सय ८८ जनामा पीसीआर परीक्षण गर्दा १०१ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी  दिए । यो संगै देशभर कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामै २ सय ८५ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५ सय ३४ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार ५ हजार ८७१ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् भने क्वारेन्टाईनमा २२ हजार ७ सय ५६ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !