३ आश्विन २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमणको पुष्टि,कुल संक्रमितमा ६६.१२ प्रतिशत निको

प्रकाशित मिति :  18 July, 2020 4:36 pm


काठमाडौं, साउन ३ ।

पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ३३ सय ३१ जनाको कोरोना परीक्षण गर्दा ५७ जनामा पुष्टि भएको जाानकारी गराएकाक हुन् ।

एक दिनमा १ सय ३ जना कोेरोेना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार देशशभर २३ हजार २ सय ७५ क्वारेन्टाईनमा रहेका छन् भने आइसोलेशनमा ५ हजार ८ सय २५ जना रहेका छन् ।

अहिलेसम्म कोरोना संक्रमण निको हुनेको संख्या ११ हजार ६ सयय ३७ रहेको छ जुन कुल संक्रमित मध्य ६६ दशमलव १२ प्रतिशत हो ।



प्रतिक्रिया दिनुहोस !