३ आश्विन २०८१, बिहिबार

प्यूठानमा भएको ट्रयाक्टर दुर्घटनामा ज्यान गुमाउने सातै जना रोल्पाका (अपडेट)

प्रकाशित मिति :  19 July, 2020 8:50 am


प्यूठान, साउन ४ ।

प्यूठानमा भएको ट्रयाक्टर दुर्घटनामा ज्यान गुमाउने सातै जना रोल्पाका रहेको खुलेको छ ।

६ जना रुन्टीगढी गाँउपालिका र १ जना त्रिवेणी गाँउपालिकाका हरेको घटनास्थलमा रहेका प्रहरी नायब निरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा ट्याक्टर चालक रोल्पा त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवर, रुन्टिगढी गाउँपालिका–५ का २१ वर्षीय सागर वस्नेत, २४ वर्षीय रीमबहादुर बस्नेत, १९ वर्षीय विरेन्द्र बाठा मगर, १९ वर्षीय थमन बाठा मगर, उमेर नखुलेका गोर्वधन बुढामगर, २५ वर्षीय कबिराम बस्नेत छन् ।

भिगृ–स्वर्गद्धारी मोटरबाटो स्तरोन्नती गर्ने जिम्म पाएको ओसिस कन्स्ट्रक्सन मार्फत बाटोमा काम गर्ने मजदुरको ज्यान गएको हो । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएका सबैको नाम भने खुलेको छैन । प्रहरी निरीक्षक पौडेलले ट्रयाक्टरमा आठ सवारमध्ये एक जना मात्रै बाँचेका छन् । ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ ।



प्रतिक्रिया दिनुहोस !