३ आश्विन २०८१, बिहिबार

देशभर थप १५६ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  19 July, 2020 4:43 pm


काठमाडौं, साउन ४ ।

देशभर थप १५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए ।

यससंगै हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६सय ५८ पुगेको छ ।

अाज कोरोना स‌ंक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।



प्रतिक्रिया दिनुहोस !