३ आश्विन २०८१, बिहिबार

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध,पन्छाउन समय लाग्ने

प्रकाशित मिति :  20 July, 2020 8:15 am


काठमाडौं, साउन ५ ।

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा आजबिहान ५ बजेतिर ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

पानी लगातार परिरहेकाले थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक अवरुद्ध हुन सक्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न यात्रुलाई प्रहीले आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने बताएको छ ।  चारकिलोमा यसअघि पनि पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस !