३ आश्विन २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा १ सय ८६ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  20 July, 2020 4:43 pm


काठमाडौं, साउन ५ । 

पछिल्लो २४ घण्टामा १ सय ८६ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा ४२१६ जनाको परीक्षण गर्दा १ सय ८६ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिएका हुन् ।

संक्रमित हुनेमा सुनसरीका २,झापाका ३, सुनसरीका ४, इलामका १, मोरङका १, सिराहाका १, सप्तरीका ९, धनुषाका २, पर्साका ४,बाराका ४६, काठमाडौंका २,सर्लाहीका २३, सोलुखुम्बुका ४ जना रहेका छन् । त्यस्तै ललितपुरमा १, कास्कीकामा ८, लम्जुङमा १, तनहुँका २, स्याङ्जामा १, बाँकेमा २, रोल्पामा ४, सल्यानमा ३, रुकुम पूर्वमा ७ जना, दाङ २ जना संक्रमित भेटिएका छन् ।

दैलेखमा २, सुर्खेतमा ४, हुम्लामा १, कालिकोटमा १ डोटीमा ४० र कैलालीमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा १ सय ७३ जना कोरोना संक्रमण निको भएर घर फर्किका छन् भने आइसोलेशनमा ५९३६ जनाको उपचार भईरहेको प्रवक्ता गौतमको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !