४ आश्विन २०८१, शुक्रबार

विप्लवको कार्यकर्ता भएको भन्दै डर देखाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिति :  20 July, 2020 5:30 pm


दाङ, साउन ५ ।

दाङको तुलसीपुरमा आफू विप्लव नेतृत्वको नेकपा कार्यकर्ता भएको भन्दै डर देखाएर जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका- ८ का नारायण वली रहेका छन् । वलीले तुलसीपुर महानगरपालिका वडानम्बर ४ ४ रक्षाचौर डेरागरी बस्ने २८ वर्षीय एक महिलालाई आफू विप्लवको कार्यकर्ता रहेको भनी डर त्रास देखाएर बलात्कार गरेको जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

वलीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ति महिलाले कोठामा गई आफूलाई जर्वजस्ति करणी गरेको आरोप लगाएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !