४ आश्विन २०८१, शुक्रबार

लकडाउन खुलुकलो बन्दै, छोटो दुरीका यात्रुवाहक बस र भदौ १ गतेदेखि हवाई उडान सुरु गर्ने निर्णय

प्रकाशित मिति :  20 July, 2020 9:40 pm


काठमाडौं, साउन ५ ।

सरकारले लकडाउनलाई थप खुकुलो बनाउदै जाने निर्णय गरेको छ ।

सरकारले भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान खुला गर्ने निर्णय गरेको छ भने एक जिल्लाबाट अर्को जिल्लामा छोटो दुरीका यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बसेको बैठकले यसबारे निर्णय गरेको हो । स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान भदौ १ बाट सुरु गर्ने निर्णय गरेको छ । यसबारे सकारले औपचारिक जानकारी भने गराएको छैन ।



प्रतिक्रिया दिनुहोस !