विपीकाे ३८औं स्मृति दिवस: यस्ताे छ विपी काेइरालाकाे राजनीति, देश विकास र साहित्यमा याेगदान
काठमाडौं, साउन ६ ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्दक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाकाे ३८ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री काेइराला राष्ट्रवादी नेतावकाे छवि रहेका त्यागी नेताका रूपमा जति चिनिन्छन् त्यति नै बढी उनकाे याेगदानकाे नेपाली साहित्यमा पनि छ।
वि.सं. २००७ सालकाे प्रजातन्त्रको स्थापनाकाे संघर्षमा महत्वपूर्ण याेगदान गरेका उनी विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । विपीकाे जन्म विसं १९७१ भदौ २४ गते र २०३९ साउन ६ गते निधन भएको थियो।
वि.सं. २०१७ सालमा पञ्चायत शासन सुरू भएपछि प्रजातन्त्र पुनःस्थापनाकाे संघर्षमा पनि नेतृत्वदायी भूमिकामा रहे । कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेकाे इतिहास छ । हरेक वर्ष नेपालमा उनकाे स्मृति दिवस मनाइने गरेकाे छ । राजनीति र साहित्य दुबै क्षेत्रमा उनकाे स्मरण गर्ने गरिन्छ ।
राजनीति र विकासमा याेगदान
विपी काेइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री नभइ समाज सुधार र देश विकासमा उच्च याेगदान गर्ने राजनेताकाे छविसमेत बनाएका व्यक्तित्व हुन् । प्रधानमन्त्री छँदा बिर्ता उन्मूलनदेखि ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम ल्याएका हुन्। उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा चर्चाकाे विषय बन्ने गरेकाे छ ।
विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। एक महीनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो।
विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्र्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए।
साहित्यमा याेगदानः
विपीले समाजमा हुने गरेका घटना परिघटनालाइ यथार्थ रूपमा साहित्यमा उतारेका छन् । कथा वा साहित्य पढेजस्ताे नभइ स्वयंले प्रत्यक्ष भाेगेकाे महसुस गराउने उनकाे लेखकनकला नेपाली साहित्यमा निकै प्रशंसाकाे विषय हाे ।
विपीकाे तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, ‘नरेन्द्रदाइ, सुम्निमा, बाबु, आमा र छोरा प्रकाशित उपन्यास हुन्। उनकाे ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’ साहित्यमा निकै लाेकप्रिय कथा सङ्ग्रह हुन् । विपीका संग्रहलाइ विभिन्न समयमा पुस्तक तथा पत्रिकामा प्रकाशन गरेकाे पनि पाइन्छ ।
हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, ‘फेरि सुन्दरीजल’, ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्ध लगायत रचना प्रकाशित छन्।