४ आश्विन २०८१, शुक्रबार

लकडाउनमै कमाए २० भारतीय कम्पनीले साढे ७ लाख कराेड भारू, रिलायन्स एक्लैकाे कमाइ ४ लाख कराेड

प्रकाशित मिति :  21 July, 2020 2:44 pm


काठमाडाैं, साउन ६ । 

काेराेना भाइसरका कारण विश्वभर अर्थतन्त्र ठप्पप्रायः छ । तर, कतिपय कम्पनीलाइ भने याे समय कमाइ गर्ने राम्राे अवसरकाे रूपमा पनि देखिएकाे छ ।

भारतका २० कम्पनीले मात्र लकडाउनकाे दुइ महिनामै साढे ७ लाख कराेड भारू कमाएका छन् । एक अध्ययन अनुसार कमाइ गर्ने  कम्पनीमध्ये आधा भन्दा बढी हिस्सा रिलायन्स इडस्ट्रीजकाे छ ।

रिलायन्सकाे सेयर मूल्य मार्च २५ मा ११०३ भारूबाट बढेर जुन ३० मा १७०४ पुगेकाे छ । यसबाट कम्पनीले ३ लाख ९४ हजार कराेड रकम थपिएकाे छ ।

रिलायन्सपछि बढी कमाउनेमा सन फार्मा छ, जसले क्यापिटेल मार्केटमा २५ हजार कराेड भन्दा बढी रकम थपेकाे छ । अधिक कमाइ गर्नेमा अाैषधी उत्पादक कम्पनीहरूकाे सूची माथि छ । त्यस्तै बैंकहरूकाे कमाइ पनि याे अवधिमा बढेकाे देखिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !