४ आश्विन २०८१, शुक्रबार

देशभर पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना संक्रणको पुष्टि,६०९ जना निको

प्रकाशित मिति :  21 July, 2020 4:40 pm


काठमाडौं, साउन ६ । 

देशभर पछिल्लो २४ घण्टामा १ सय ५० जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ३९६३ जनामा परीक्षण गर्दा १ सय ५० जनाका कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार झापामा २, सर्लाहीमा १, उदयपुरमा ८, इलाममा २, सप्तरीमा १, मोरङमा ३, धनुषामा २९, महोत्तरीमा १४, पर्सामा २, चितवनमा ४, मकवानपुरमा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै काभ्रेमा १, रामेछापमा २, सर्लाहीमा १, चितवनमा १, कैलालीमा १,काठमाडौंमा ८, नुवाकोटमा १ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । सर्लाहीमा १, ललितपुरमा १, गोरखामा ३, म्याग्दीमा ३, स्याङ्जामा ३, बागलुङमा ३, नवलपरासीमा १, बाँकेमा ३, दाङमा ३ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सल्यानका ३, दैलेखका १०, डोटी ४, कैलाली ३, बजाङमा ४, कञ्चनपुरका २० जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६०९ जना निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमित भएर घर फर्कनेको संखया ६९ दशमलव ३४ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालका प्रवक्ता गौतमका अनुसार सकृय संक्रमितको संख्या ५ हजार ४ सय ७७ रहेको छ । देशभर क्वारेन्टाइृनमा २१ ह्जार ७ सय ४ छ ।



प्रतिक्रिया दिनुहोस !