४ आश्विन २०८१, शुक्रबार

सरकारद्धारा लकडाउन अन्त्य भएको जानकारी, भिडभाड हुने क्षेत्र खुल्ने तालिका तय

प्रकाशित मिति :  21 July, 2020 7:45 pm


काठमाडौं, साउन ६ । 

सरकारले कोरोना महामारी रोकथामका लागि चैत ११ गतेदेखि सुरु गरेको लकडाउन अन्त्य भएको घोषणा गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी गराएका हुन् ।

सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए। यद्यपी थप परस्थिति हेरेर निर्णय लिने उनको भनाई छ ।  सरकारले निजी सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली पनि हटाएको छ । अन्य भिडभाड हुने ठाँउ भने खुल्नका लागि सरकारले समय तालिका बनाएको छ ।

लकडाउन अन्त्य भएको बताउँदै सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको जनाएको छ भने अब विहान १० बजेदेखि साँज ५ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

मन्त्री खतिवडाले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै होटल सञ्चालन गर्न दिने निर्णय गरेको मन्त्री खतिवडाले बताए । निर्णय अनुसार साउन १५ बाट भने होटल खुल्नेछन् यद्यपी सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न भने पाईने छैन ।  ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिनेछ ।

अन्तर्राष्ट्रिय सीमा साउन ३२ गतेसम्म बन्द छ । सरकारले यसअघि अन्तर्राष्ट्रिय सीमा साउन ६ गते सम्मलाई बन्द गर्ने निर्णय गरेको थियो।
स्वदेश आउनैपर्ने नागरिकलाई तोकिएको सीमाबाट आउन दिने कुरालाई यथावत् राखिएको खतिवडाले बताए।

यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !