४ आश्विन २०८१, शुक्रबार

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो,यातायात अवरुद्ध

प्रकाशित मिति :  22 July, 2020 10:51 am


काठमाडौं, साउन ७ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो ।

ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति पौने ९ बजेतिर पहिरो खसेको थियो । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर हिजो दिउँसो साढे ४ बजेतिर एकतर्फी खुलाइएपनि फेरि अवरुद्ध बनेको छ ।

राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !