४ आश्विन २०८१, शुक्रबार

कपिलवस्तुको कन्सट्रक्सन कम्पनीमा बाढी पस्दा क्षति

प्रकाशित मिति :  22 July, 2020 2:22 pm


अनिल सापकोटा
कपिलवस्तु, ७ साउन ।
सोमबारदेखिको अबिरल वर्षापछि आएको भल(बाढी) पस्दा कपिलवस्तुको बाणगंगास्थित एक कन्सट्रक्सन कम्पनीमा क्षति भएको छ ।

बाणगंगा नगरपालिका ११ बरुवामा रहेको सत्यवती इन्फ्रास्ट्रक्चर एण्ड कन्सट्रक्सन प्रा. लि. मा भल पसी डुवानमा पर्दा करिब ७ लाख बराबरको क्षति भएको कन्सट्रक्सनका  सञ्चालक हरी सापकोटाले बताए ।

‘राति ९ बजेबाट भारी वर्षा भएपछि १२ बजेतिर गेटबाट पानी भित्रै आयो,’ अर्का सञ्चालक लोकनाथ पौडेलले बताउनुभयो, ‘हेर्दाहेर्दै पानी बढेर माथि-माथि आउँदै गयो, पानी नरोकिएपछि कम्पनी डुबानमा पर्याे।’ बाध फुट्नाले पर्खाल नाघेर कुलोको सबै पानी कम्पनीमा पस्दा ४ वटा ठूला मोटर नष्ट भएको उनको भनाई छ ।

‘ विगत डेढ वर्षदेखि सञ्चालन गर्दै आएका थियौँ,’ सञ्चालक हरी सापकोटाले भने, ‘लकडाउनका कारण आर्थिक चपेटा परिरहेको बेला बाढीले कम्पनीमा क्षति गरेपछि झन् समस्या परेको छ।’ भल पस्दा करिब २० टिप्पर बालुवा, १० बोरा टायलको रङ नष्ट भएको छ । भल पस्दा कम्पनीलाई करिब ७ लाख रुपैयाँ बराबरको क्षती गरेको सापकोटाले बताए ।

 



प्रतिक्रिया दिनुहोस !