४ आश्विन २०८१, शुक्रबार

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

प्रकाशित मिति :  22 July, 2020 9:00 pm


काठमाडौं, ७ साउन ।

माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि बेलुकी ८ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल नजिकै राति ठूला चट्टानसहित पहिरो झरेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर विजय दराईका अनुसार  नारायणगढतर्फ दुई वटा एक्साभेटर र मुग्लिनतर्फ दुई वटा लोडर परिचालन गरिएको थियो ।

१५० मिटर सडक ढाकेको पहिरो आज बिहान ९ बजेदेखि पन्छाउन थालिएको थियो । पहिरो पन्छाएसँगै मुग्लिनतर्फ जाने र आउने सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिने इन्जिनियर दराईले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !