४ आश्विन २०८१, शुक्रबार

सुनको भाउ चर्किदै, प्रतितोला ९४५०० रुपैयाँ कायम

प्रकाशित मिति :  23 July, 2020 11:56 am


काठमाडौं, ८ साउन ।

सुनको मूल्यमा आज थप ५ सय रुपैयाँले बढेको छ ।

हिजोको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको भाउ आज ९४ हजार पाँच सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मात्रै १५ सय रुपैयाँ प्रतितोला बढेको थियो ।तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोला छ ।

चाँदीको मूल्य हिजोको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार डलरसम्म पुग्ने आकलन गरिएकाले त्यसको असर नेपाली बजारमा अझै पर्न सक्ने महासंघको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !