३ आश्विन २०८१, बिहिबार

अमेरिकामा तीन चिनियाँ नागरिक पक्राउ, चीनको सेनासँग ‘अज्ञात सम्बन्ध’ रहेको आरोप

प्रकाशित मिति :  24 July, 2020 7:50 am


काठमाडौं, ९ साउन ।

अमेरिकाले भिसा जालसाजीको आरोप लगाउँदै तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ भने चौथो व्यक्तिलाई पनि पक्राउको तयारी गरेको छ ।  पक्राउको तयारी गरिएकोमा एक महिला हुन जो सान फ्रान्सिस्कोमा चिनियाँ वाणिज्य दूतावासमा रहेकेकी छन् ।

अमेरिकी न्याय विभागले पक्राउ गरिएका चिनियाँ नागरिकले चिनियाँ सेनाको सदस्य भएको बारेमा झूट बोलेको आरोप लगाएको छ। अमेरिकी एजेन्सी एफबीआईले अमेरिकाका २५ शहरहरूमा थुप्रै व्यक्तिहरुसँग सोधपुछ गरेको छ र पक्राउ परेका व्यक्तिको चिनियाँ सेनासँग ‘अज्ञात सम्बन्ध’ रहेको दाबी गरिएको छ ।

न्याय विभागका वकिल जोन सी. डेमर्सले एक प्रेस विज्ञप्ति जारी गरी गर्दैै चिनियाँ सेनाका सदस्यहरूले रिसर्च भिसाका लागि आवेदन दिन्छन् र उनीहरूको वास्तविक पहिचान लुकाउँने गरेको उल्लेख गरेका बीबीसीले लेखेको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो चीनको कम्युनिष्ट पार्टीले हाम्रो खुला समाज र हाम्रो शैक्षिक संस्थाको फाइदा लिन योजना बनाएको अर्को अंश हो ।”

पक्राउ पर्नुभन्दा अघि अमेरिकाले एक चिनियाँ वैज्ञानिकले सान फ्रान्सिस्कोको चिनियाँ वाणिज्य दूतावासमा शरण लिएको दाबी गरेको थियो । एक दिन अघि, अमेरिकाले ह्युस्टनमा चिनियाँ वाणिज्य दूतावास बन्द गर्ने आदेश समेत दिएको थियो ।

अमेरिकाले वाणिज्य दूतावासका अधिकारी बौद्धिक सम्पत्ती चोरीमा संलग्न रहेको आरोप लगाएको थियो ।  बिहीबार चिनियाँ नागरिकलाई पक्राउ गर्नु भन्दा पहिले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वोगे वेनबिनले अमेरिकी आरोपलाई एउटा निन्दनीय भन्दै यसको बदला लिने र यसको वैध अधिकारको रक्षा गर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !