४ आश्विन २०८१, शुक्रबार

काठमाडौं सितापाइलामा युवतीमाथी एसिड छ्याप्ने २ जना पक्राउ

प्रकाशित मिति :  24 July, 2020 8:03 am


काठमाडौं, ९ साउन ।

काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट गएराति नै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् ।

उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएका प्रहरीले जनाएको छ ।

ििहजो साँझ दही किन्न बाहिर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया युवतीमाथी एसिड प्रहार भएको थियो ।

सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरू डल्लु बस्दै आएको र कालिगढको काम गर्ने गरेको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।

राति पौने ९ बजेतिर युवतीलाई एसिड छ्यापेर उनीहरूले कोठातर्फ भागेका थिए। पीडित युवतीको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। उनी हायात होटलको अकाउन्ट शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस !