४ आश्विन २०८१, शुक्रबार

नेपालमा थप १३३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

प्रकाशित मिति :  24 July, 2020 4:44 pm


काठमाडौं, ९ साउन ।

नेपालमा थप १३३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गोतमले थप १३३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९८७ जानको परीक्षण गर्दा १३३ रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले बताए।

पछिल्लो २४ घण्टामा १०७ जना कोरोना निको भएर घर फर्किएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १२ हजार ९४७ पुगेको छ।



प्रतिक्रिया दिनुहोस !