१२ मंसिर २०८१, बुधबार

आज  नागपञ्चमी,घर र पानीका स्रोत भएका ठाँउमा नाग पूजा गरिदै

प्रकाशित मिति :  25 July, 2020 7:29 am


काठमाडौं, १० साउन ।

आज  नागपञ्चमी । श्रावण शुक्ल पञ्चमीलाई नागपञ्चमीका रुपमा मनाउने वैदिक सनातन संस्कृति रहेको छ ।

हाम्रो संस्कृतिले आफू मात्र नभई सबै जीव चराचरलाई पनि बाँच्न देउ र सम्मान गर भन्ने सन्देश चाडपर्वहरु नै स्थापित गरि स्पष्ट रुपमा दिएको छ । घरघरमा नागको तस्बिर टाँसेर  नागपञ्चमी मनाउने प्रचलन रही आएको छ भने विभिन्न पानीका स्रोत भएका स्थानहरुमा नाग पूजा गर्ने गरिन्छ ।

सबैले नाग पूजा गर्नु आवश्यक हुने ज्यो। गुरु दिवाकर पन्तले जानकारी दिए ।  खासगरी जो–जसको कुण्डलीमा नाग योग (यसलाई कालसर्प योग, बन्धन योग, सर्प योग आदी नामले पनि चित्रण गरिन्छ) छ उनीहरुले अझ विशेष रुपले नागपूजा गर्नु आवश्यक मानिने पन्तको भनाई छ ।

विदेशमा रहेकाहरुले नागको पोष्टर नपाएमा गलामा सर्पको माला धारण गरेको शिवजीको पोष्टरमा पूजा गर्न सकिने पन्तको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !