४ आश्विन २०८१, शुक्रबार

सोमबारदेखि मनसुन पुनःसक्रिय हुने,सतर्कता अपनाउन अनुरोध

प्रकाशित मिति :  26 July, 2020 2:12 pm


काठमाडौं, ११ साउन ।

सोमबारदेखि मनसुन पुनःसक्रिय हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने जनाएको छ ।

अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने देखिएकाले पुनः वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । आगामी सोमबार रातिबाट नेपालमा मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

राति देशभर सामान्य बदली रही केही स्थानमा हलकादेखि मध्यम वर्षाका साथै प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस !