४ आश्विन २०८१, शुक्रबार

काठमाडौंमा ८ सहित देशभर १३० जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  26 July, 2020 7:34 pm


काठमाडौं, ११ साउन ।

देशभर थप १ सय ३० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १३० जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए । आज थपिएकासहित कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८ हजार ६१३ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या भने ५ हजार ४ सय ४० रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले झापा, मोरङमा १/१ र इलाममा ८, सुनसरीमा दुई, उदयपुर र तेह्रथुमका १/१ जना र मोरङमा २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए ।
त्यस्तै धनुषाका १ र महोत्तरीका २, पर्साका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

दाङ र नुवाकोटका १/१ , काठमाडौँमा ८ , सोलुखुम्बुमा २, पर्साका ३, नवलपरासी पूर्वका २, रौतहट र मकवानपुरका १/१ जना, बाराका १, कास्कीमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गोरखा र कास्कीका २/२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही र अर्घाखाँचीका १/१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

त्यस्तै बाँकेमा २, बर्दियामा २ र जुम्लामा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । रोल्पाका ३ , दैलेखमा १ र सुर्खेतका ३, दैलेखका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अछामका १४ जना, बाजुराका ३ जना र कञ्चनपुरका १ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस !