१३ मंसिर २०८१, बिहिबार

सीमानाकामा थप कडाई गर्न मुख्यमन्त्री राउतको निर्देशन

प्रकाशित मिति :  26 July, 2020 7:52 pm


धनुषा, ११ साउन ।

मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आज सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्नुको मुख्यकारण सीमानाका बाट लुकीछुपी आउने हरुको रहेको उल्लेख गर्दै तीन वटै सुरक्षा निकायलाई सीमा नाकामा थप कडाई गर्न निर्देशन दिएका हुन् ।

बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको कोरोना संक्रमितहरु देखिन थालेपनि यसबाट जोगिन अपनाउनु पर्ने उपायहरुबारे विज्ञहरुसंग सुझाव समेत लिएका छन् । कोरोना नियन्त्रणको लागि प्रदेश सरकारबाट भए गरेको कामकाजको प्रगतिबारे जानकारी लिंदै मुख्यमन्त्री राउतले रोकथाम , नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् ।

बैठकमा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव अर्जुन प्रसाद पोखरेल सहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !