१० मंसिर २०८१, सोमबार

देशभर थप १ सय ३९ जनामा कोरोना संक्रमणको पुष्टि,मृतकको संख्या ४८ पुग्यो

प्रकाशित मिति :  27 July, 2020 5:24 pm


काठमाडौं, १२ साउन ।

देशभर थप १ सय ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा पछिल्लो २४ घण्टामा १ सय ३९ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । यससँगै कुल संक्रमित हुनेको संख्या १८ हजार ७ सय ५२ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार हालसम्म १३ हजार ७ सय ५४ जना कोरोनाबाट मुक्त भएका छन्।अब देशभर ५ हजार ४ सय ४० सक्रिय संक्रमित छन्। नेपालमा अहिलेसम्म ३ लाख ४७ हजार २ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ।  कोरोना भाइरस ९कोभिड–१९० बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

कारोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणमित मृतकको संख्या ४८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !