३ आश्विन २०८१, बिहिबार

‘कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर’ उपकरण नेपाली बजारमा

प्रकाशित मिति :  27 July, 2020 6:03 pm


काठमाडौं, १२ साउन 

कोरोनाभाइरसबाट सरक्षित रहनका लागि स्मार्ट आर्क प्रालिले नेपालमा कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर उपकरण भित्राएको छ । कम्पनीले बजारमा मानिसले नछोईकन नै प्रयाग गर्न सकिने ह्याण्ड स्यानिटाइजर उपकरण भित्राएको हो ।

कम्पनीले भारतमा निर्मित ओकमिस्ट ब्राण्डको ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा ल्याएको हो । यो टचलेस स्यानिटाइजर डिस्पेन्सर भारतको रक्षा, अनुसन्धान तथा विकास संगठन९डिआरडिओ०सँग मिलेर रिओट ल्याब्ज प्रालिले उत्पादन गरेको हो ।

कोरोनाभाइरसबाट सुरक्षा गर्न र अधिक भिडभाड हुने स्थानमा आवतजावत गर्ने मानिसहरुको हात स्यानिटाइज गर्न रिओटले डिआरडिओको सहयोगमा टचलेस स्यानिटाइजर डिस्पेन्सर विकास गरेको हो ।

यो टचलेस स्यानिटाइजर डिस्पेन्सर निकै सुरक्षित रहेको छ भने यसमा भएको अल्ट्रासोनिक सेन्सरको आधारमा सञ्चालन हुन्छ । यसले केबल १२ सेकेण्डमा स्वचालितरुपमा अल्कोहलमा आधारित ५देखि ६ मिलिलिटरको स्यानिटाइजरले मानिसको हातलाई स्यानिटाइज गर्न सक्दछ ।

मानिसले दैनिक नियमितरुपमा आँखा, नाक र मुखमा हातले छुने गर्दछन् । अनुसन्धानकाअनुसार मानिसहरुले दैनिक २३ देखि ५० पटक आफ्नो अनुहारको विभिन्न स्थानमा छुने गर्दछन् । यसले मानिसहरुमा कोरोनाभारस सार्न सक्दछ । तर ओकमिस्टको यो टचलेस स्यानिटाइजर डिस्पेन्सरले त्यस्तो जोखिमबाट मुक्त गर्न सक्ने विश्वास छ ।

स्मार्ट आर्क प्रालिका निर्देशक राहुल अग्रवालले अधिक भिडभाड हुने स्थानहरुमा ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर प्रयोग गर्न सकिने र यसले सयौं मानिसहरुको हातलाई दैनिकरुपमा सजिलै स्यानिटाइज गर्न सक्ने बताए ।

“देशमा बढिरहेको कोरोनाभाइरसको संक्रमण र लकडाउन खुलेपछि शुरु भएको भिडभाडले जोखिम बढाएको छ । यस्तोमा नियमितरुपमा हातलाई स्यानिटाइज गर्न आवश्यक हुन्छ । ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सरले यसलाई सजिलो बनाउँछ,”स्मार्ट आर्क प्रालिका निर्देशक राहुल अग्रवालले भने ।



प्रतिक्रिया दिनुहोस !