४ आश्विन २०८१, शुक्रबार

देशभर थप ३८१ जनामा कोरोना संक्रमणको पुष्टि, मृतकको संख्या ६० पुग्यो

प्रकाशित मिति :  5 August, 2020 7:15 pm


काठमाडौं,२१ साउन ।

देशभरमा आज ३८१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशरभरका ६ हजार ३५९ जनाको पीसीआर परीक्षण गर्दा ३८१ जना नयाँ सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल सक्रिय सङ्क्रमित ६ हजार १७४ रहेको बताएए ।

देशरभ क्वारेन्टाइनमा ९,९२५ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा १३० जना निको भएर घर फर्किएका छन् । अहिलेसम्मम १५ हजार १५६ जना सङ्क्रमणमुक्त भइसकेको प्रवक्ता गौतमले जानकारी दिए । यो कूल निको हुनेको संख्या ७० दशमललव ८ प्रतिशत हो ।

देशभरमा ५०० भन्दाबढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र कैलाली रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ५७ जना र ललितपुरमा पाँच जना सङ्क्रमित थपिएका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीरुमा कोरोना पुष्टि भएको हो । नयाँ सङ्क्रमित देखिएका जिल्लामा सुनसरी, इलाम, सप्तरी, उदयपुर, मोरङ, सर्लाही, धनुषा, महोतरी, रौतहट र सिराहा रहेको छ । त्यस्तै, बारा, पर्सा, गोरखा, कपिलवस्तु, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, बाग्लुङ, कास्की, स्याङ्जा, बाँके, दाङ, सुर्खेत, कालिकोट र बझाङमा पनि पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित फेला परेका छन् ।

त्यस्तै हाल सक्रिय सङ्क्रमित नभएका जिल्लामा खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुमपश्चिम गरी सात जिल्ला छन् । मन्त्रालयले दिएको जानकारीअनुसार कोरेना संक्रमित मृतकको संख्यया ६० पुगेको छ । पर्साका १९ वर्षीय युवती र पर्साकै ४६ वर्षीय पुरुषको मृत्यु भएसँगै यो सङ्ख्या ६० पुगेको हो ।

प्रवक्ता गौतमले सङ्क्रमणको जोखिम अझै रहेकाले स्वास्थ्य सर्तकता अपनाउन अनुरोध गरे ।



प्रतिक्रिया दिनुहोस !