४ आश्विन २०८१, शुक्रबार

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाभित्र सवारी साधनमा जोरबिजोर लागु,राति आवागमन बन्द

प्रकाशित मिति :  5 August, 2020 9:24 pm


काठमाडौं,२१ साउन । 

सरकारले काठमाडौं उपत्यकासहित २ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित व्यक्ति भएका जिल्ला र क्षेत्रभित्र सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ । साथै बेलुका ९ बजेदेखि बजेदेखि विहान ५ बजेसम्म बजेसम्म आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयद्धारा आज बेलुकी जारी विज्ञप्तिमा ,” काठमाडौं उपत्यका र कोभिड- १९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरु भोलि मिति २०७७ /०४ /२२ गतेदेखि लागुहुने गरी जोर बिजोर नम्बरका आधारमा मात्र सञ्‍चालन गर्ने व्यवस्था गर्ने” उल्लेख छ ।

कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने आवश्यक व्यवस्था हुन सवै सुरक्षा निकाय र सवै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन गरिएको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने, गराउने भन्दै गृह मन्त्रालयले मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गर्ने भनेको छ ।

जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सो को सञ्‍चालक समेतलाई कारवाही गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

काठमाण्डौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सवै यात्रुबाहक सवारी साधनहरुलाई बेलुका ७ बजेदेखि बजेदेखि विहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागु गर्नपनि गृहमन्त्रालयले भनेको छ ।

विज्ञप्तिमा कोभिड-१९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र र स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड-१९ को थप परीक्षणको व्यवस्था मिलाउने भनिएको छ ।

नेपाल सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्ति बाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्न समेत गृह मन्त्रालयले निर्देशन दिएको छ ।

होटल, रेष्टुरेण्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्य निषेध गर्नपनि गृह मन्त्रालयले भनेको छ ।

सम्बन्धित समाचार:

कोरोना संक्रमण फैलिएपछि १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा



प्रतिक्रिया दिनुहोस !