४ आश्विन २०८१, शुक्रबार

सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागु

प्रकाशित मिति :  6 August, 2020 7:35 am


काठमाडाैं, २२ साउन । 

सरकारले आजदेखि सवारी साधनमा  जोर बिजोर प्रणाली लागु गरेकाे छ । काठमाडाैं उपत्यका सहित २०० भन्दा माथि काेराेना संक्रमित भएका जित्लामा याे प्रणाली लागु गरिएकाे हाे ।

जोर बिजोर प्रणाली लागुहुने दिन जाेर दिन जाेर सवारीसाधन र विजाेर दिन विजाेर सवारीसाधनमात्रै चलाउन पाइने छ । समुदाय स्तरमा काेराेना संक्रमण बढ्न थाले पछि हिजाे मात्रै गृह मत्रालय साे निर्णय गरेकाे हाे ।

काठमाडाैं प्रवेश गर्ने नाकामा बेलुका ७ बजे देखि विहान ७ बजेसम्म सवारी आवागमनमा निषेध गरिएकाे छ । २०० भन्दा बढी संक्रमित भएका जिल्लाहरूमा पनि बेलुका ९ बजे देखि विहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्ने, गराउने, मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डका उल्लगंन गर्ने व्यक्तिलाइ दण्ड जरिवाना गर्ने मन्त्रालयले जनाएकाे छ ।

नेपाल सरकारकाे निर्णयबमाेजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्टिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने, हाेटल, रेष्टुरेन्टमा हुने सामुहिक भाेज, पार्टी, सेमिनार वा अन्य सामुहिक भेलाजस्ता कार्य निषेध गरिएकाे मन्त्रालयका प्रवक्ताबाट जारी गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !