४ आश्विन २०८१, शुक्रबार

प्रदेश २ का आन्तरिक मामिला मन्त्री र एक सांसदलाई कोरोना संक्रमण, गण्डकी प्रदेशमा ११ जना थपिए

प्रकाशित मिति :  6 August, 2020 10:34 am


काठमाडाैं, २२ साउन ।

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र एक जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले हिजो साँझ आएको रिपोर्टमा आफूलाई कोरोना पोजेटिभ दखिएको जानकारी गराएका छन् । गत साउन १८ गते काठमाडौंबाट फर्किएका मन्त्री यादवले १९ गते स्वाब संकलन गराएका थिए ।

मन्त्री यादवले आफूमा संक्रमण पुष्टि भएपनि डराउन पर्ने आवश्यकता नरहेको भन्दै आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन अपिल गरेका छन्। मन्त्री यादव मन्त्रालयको निवासमै क्वारेन्टाईन बसेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीकी एक प्रदेश २ सभा सदस्य सदस्यमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा थप ११ जनामा संक्रमण

गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गोरखामा ६, नवलपरासीपूर्वमा ३ तथा कास्की र पर्वतमा १–१ जना संक्रमित भेटिएका छन् ।

निर्देशनालयका अनुसार गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर ६ र ९ मा एक–एक जना संक्रमित फेला परेका छन् ।
त्यस्तै बारपाक सुलिकोट गाउँपालिकामा पनि दुई जना कोरोना संक्रमित पुरुष फेला परेका छन् । तर उनीहरुको वडा नम्बर खुलेको छैन ।

गोरखा नगरपालिकामा पनि २४ वर्षीया एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएपनि वडा खुलेको छैन । नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु हुप्सेकोट गाउँपालिकाका भए पनि वडा खुलेको छैन ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६६ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !