४ आश्विन २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए,८७ जनामा संक्रमणको पुष्टि

प्रकाशित मिति :  6 August, 2020 5:23 pm


काठमाडौं,२२ साउन ।

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका तीन जिल्लामा ८७ जना कोरोना संक्रमित भेटिएको जानकारी दिए ।

यसअघि दुई दिन लगातार ६२/६२ जना संक्रमित भेटिएका थिए । पछिल्लो समय उपत्यकामा लागातार कोरोना संक्रमितको संख्या थपिदै गएको छ ।

प्रवक्ता गौतमले काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । देशभर ३ सय ६० संक्रमित थपिदा उपत्यकामा ८७ जना संक्रमित थपिएका छन् ।



प्रतिक्रिया दिनुहोस !