४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्रीका सल्लाहकार रिमालको प्रवक्ता श्रेष्ठमाथी निशाना : पदको लाज त जोगाउनुस् !

प्रकाशित मिति :  7 August, 2020 1:22 pm


काठमाडौं, २३ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ‘पदको लाज’ जोगाउन आग्रह गरेका छन् ।

पार्टीभित्र अन्तरिक संघर्ष चर्किरहेका बेला सल्लाहकार रिमालले प्रवक्ता श्रेष्ठमाथी टिप्पणी गरेका हुन् ।  नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेरै ट्वीट गरेका छन्, “कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।”

रिमालले पार्टी एकता बिरुद्धका कुनैपनि गतिबिधि कतैबाटपनि नहोस् भनेका छन् । उनले भनेका छन्, “पार्टी एकता विरुद्ध कुनैपनि गतिबिधि नहोस् मुलुक संवेदनशील मोडमा छ महसूस होस ।”

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी भित्रका आफू निकट पत्रकारसँग छलफल गरेपछि सल्लाहकार रिमालको यो टिप्पणी आएको हो ।

सम्बन्धित समाचार:

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको टिप्पणी,’पार्टी विभाजनको खुल्लमखुला हाँक र रिहर्सल भयो’



प्रतिक्रिया दिनुहोस !