४ आश्विन २०८१, शुक्रबार

प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री क्वारेन्टाइनमा

प्रकाशित मिति :  7 August, 2020 1:53 pm


रुपन्देही, २३ साउन

प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी क्वारेन्टाइन*मा बसेका छन् । मन्त्री केसी हिजोदेखि नै क्वारेन्टाइनमा बसेको उनको सचिवालयले जनाएको छ ।

प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संंक्रमण पुष्टि भएसँगै यादवसँगै कार्यक्रममा सहभागी भएका मन्त्री केसी घरमै क्वारेन्टाइनमा बसेका हुन् ।

मन्त्री केसी काठमाडौँमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी कार्यक्रममा उपस्थित थिए । प्रदेश १ का आन्तरिक मामिला मन्त्रीपनि क्वारेन्टाइनमा बसेका छन् ।

* क्वारेन्टाइन हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको‌ ।



प्रतिक्रिया दिनुहोस !