४ आश्विन २०८१, शुक्रबार

देश भर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित २२ हजार नाघ्यो

प्रकाशित मिति :  7 August, 2020 4:42 pm


काठमाडौं,२३ साउन ।

देश भर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ ।

७ हजार ९ सय २६ पीसीआर परीक्षणमा पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !