४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

प्रकाशित मिति :  7 August, 2020 9:30 pm


काठमाडौं, २३ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

परीक्षणका लागि आज बिहान स्वाब लिइएको र रिपोर्ट नेगेटिभ आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । प्रधानमन्त्रीसँगै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो ।

सबैको रिपोर्ट नेगेटिभ आएको सल्लाहकार थापाले जानकारी गराएका छन् ।  प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संंक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको स्वाब परीक्षण गरिएको हो ।

काठमाडौँमा आयोजित प्रदेश प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरु सहभागि थिए र सहभागि मध्य प्रदेश २ का मन्त्री यादवमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !