४ आश्विन २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा थप ६२ जना कारोना संक्रमित भेटिए

प्रकाशित मिति :  8 August, 2020 4:54 pm


काठमाडौं, २४ साउन । 

काठमाडौं उपत्यका ६२ जना कारोना संक्रमित व्यक्ति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा काठमाडौं जिल्लामा ५६ जना,ललितपुर र भक्तपुरमा ३/३ जना थपिएको जानकारी दिए ।

यस्तै पर्सामा ५५, बाँकेमा ४९, मोरङमा ३७, सर्लाहीमा ३६, धनुषामा २०, महोत्तरीमा १७, बाग्लुङमा १३, सुनसरीमा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै काभ्रे, स्याङ्जा र बारामा ७/७ जना, मकवानपुरमा ६ जना, रामेछापमा ५, रौतहट, कञ्चनपुर र कैलालीका ४/४ जना, कास्की, सुर्खेत, बझाङमा ३/३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २/२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमले कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेका छन् । काठमाडौं उपत्यकामा समेत निरन्तर संक्रमित भेटिएको भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर नस्किन, दुईमिटरको दुरी कायम गर्न, बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउन लगाउन प्रवक्ता गौतमले आग्रह गरे ।

सम्बन्धित समाचार:

काठमाडौं उपत्यकामा थप ६२ जना कारोना संक्रमित भेटिए



प्रतिक्रिया दिनुहोस !