७ माघ २०८१, सोमबार

नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव

प्रकाशित मिति :  13 August, 2020 5:36 pm


काठमाडौं, २९ साउन ।

नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव देखिएको छ । हिजो एकै दिन प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य आज २ हजार ४ रुपैयाँले बढेको छ ।

हिजो प्रतितोला ९५ हजार ४ रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९४ हजार ९ सयबाट बढेर ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।

तोलामा एक लाखमाथि पुगेको सुन केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो । यही साउन २३ गते स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा छापावाला सुन प्रतितोला १ लाख तीन हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार पुगेको थियो ।

चाँदीको मूल्यमा पनि प्रतितोला ८५ रुपैयाँले वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ तोकेको छ ।



प्रतिक्रिया दिनुहोस !