४ आश्विन २०८१, शुक्रबार

कालिकोटको महाबैमा पहिरोले घर पुरियो,वडा सदस्यका ४ छोराछोरीसहित ६ जनाको मृत्यु

प्रकाशित मिति :  14 August, 2020 9:43 am


पहिरोले क्षति पुराएको वडा सदस्य विष्टको घर । तस्बिर : खेमबहादुर सिंहको फेसबुकबाट

काठमाडौं, ३० साउन ।

कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ ।

गएराति झरेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा उनका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

सुतिरहेका उनीहरु घरमा पुरिएका थिए । वडा सदस्य विष्ट आफ्नो पत्नीसहित तल्लो तल्लामा सुतेका थिए । दम्पती बने सकुशल छन् ।

मृतक ६ जना बालबालिकाको शव बाहिर निकालिसकिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !