३ आश्विन २०८१, बिहिबार

सिन्धुपाल्चोक पहिरो अपडेट: बस्ती जोखिममा परेको भन्दै दिएको निवेदन सुनवाई नहुँदा ठूलो क्षति

प्रकाशित मिति :  14 August, 2020 1:29 pm


काठमाडौं, ३० साउन ।

जुगल गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् । बेपत्ता मध्य अहिलेसम्म ५ जनाको  शव भेटिएको छ ।

पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले राससलाइ जनाएका छन् ।

घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार जारी छ । घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

यही साउन २३ गते सो ठाउँका बासिन्दाले बस्ती जोखिममा परेको भनी जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएको स्थानीयवासी आशबहादुर तामाङले बताएको सरकारी समाचार एजेन्सी राससले उल्लेख गरेको छ ।

“हामीले बस्ती जोखिममा छ भनेर निवेदन दिएकै बेला त्यसको अध्ययन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो”, उनले भने, “प्रशासनले चासो दिएको भए बस्ती सार्न सकिने थियो, यत्रो मानवीय क्षति हुने थिएन ।”

जुगल गाउँपालिका– २ लिदीमा गएको भीषण पहिरोमा परेकालाई उद्धार गर्न सभामुख अग्निप्रसाद सापकोटालगायतका टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगेका छन् । घाइतेहरूकाे हेलिकप्टरबाट उद्धार सुरू गरिएकाे छ ।

बेपत्ता हुनेको सूची(गाउँपालिका अध्यक्षका अनुसार)
१.छविलाल दोङ
२.सोमरानी दोङ
३.धनलक्ष्मी
४.शिरमाया दोङ
५.विवरानी दोङ
६.साहिँली दोङ
७.बिबी लक्ष्मी
८.सानुकान्छा
९.साङलामो दोङ
१०सोनाम दोङ
११.हिरा भक्ति
१२.जीते झाँक्री
१३.सानुकान्छी दोङ(गर्भवती)
१४.दिन्दुस दोङ
१५.सुरज दोङ
१६.करेसमाई दोङ
१७.च्यामा दोङ
१८सानु दोङ
१९.टीकामाई दोङ
२०.छिरिङ दोङ
२१.मानबहादुर दोङ
२२.जयबहादुर दोङ
२३.प्रिया दोङ
२४.प्रीति दोङ
२५.कान्छी दोङ
२६.सानुकान्छी दोङ
२७.वाङ्ची लामा दोङ
२८.धनमाया तामाङ दोङ
२९.रेनिस दोङ
३०.मेकमाई दोङ
३१.मिलन दोङ
३२.विमला दोङ
३३.माइला पराङ
३४.प्रकाश दोङ
३५.साइली दोङ
३६.आयुश दोङ
३७.सुवास तामाङ
३८.टीकामाई दोङ

३८ जना मध्य अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।



प्रतिक्रिया दिनुहोस !