३ आश्विन २०८१, बिहिबार

लमजुङको मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर मण्डल र गुरुङ विरुद्ध मुद्धा दायर

प्रकाशित मिति :  14 August, 2020 1:49 pm


????????????????????????????????????

काठमाडौं, ३० साउन ।

लमजुङको मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर टीका प्रसाद गुरुङ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मुद्धा दायर गरेको छ ।

४ लाख रुपैयाँ घुसहित पक्राउ परेका दुबै जना विरुद्ध अख्तियारले आज विशेष अदालत काठमाडौंमामा मुद्धा दायर गरेको हो । लाभग्राहीहरुसँग भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट बिभिन्न बहानामा आठ जनाबाट जनही ५० हजारका दरले घुस  माग गरी  ४ लाख रुपैयाँ रकम लिएको भन्दै आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले मण्डल र गुरुङलाई पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा भूकम्पपीडित लाभग्राहीहरुसँग निर्माण गरेको घरको मापदण्ड नमिलेको भन्ने बहानामा प्राविधिक मूल्याङकन गराई रकम स्विकृत गराउन रकम लिने गरेको खुलेको अख्तियारको दाबी छ ।

लमजुङ जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङबाट करारमा नियुक्त भई उनीहरु मर्स्याङ्दी गाँउपालिकामा करारमा कार्यरहत रहेका थिए ।

दुबै जना विरुद्ध ४ लाख रुपैयाँ विगो कायम गरि मुद्धा दर्ता गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी गराएका छन् । दायर गरिएको छ।



प्रतिक्रिया दिनुहोस !