४ आश्विन २०८१, शुक्रबार

पहिरोमा बेपत्ता व्यक्तिको तत्काल उद्धार र घाइतेको उपचार गर्न कांग्रेस सभापति देउवाको आग्रह

प्रकाशित मिति :  14 August, 2020 8:10 pm


काठमाडौं, ३० साउन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर पहिरोमा परी बेपत्ता व्यक्तिको जतिसक्दो चाँडो उद्धार गर्न र घाइतेको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

देउवाले सामाजिक सञ्जालमार्फत सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालीकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरोमा  परी बेपत्ता व्यक्तिको उद्धार गर्न सरकारसँग माग गरेका हुन् । साथै उनले घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन पनि अनुरोध गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले पहिरामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । पहिरोका कारण घरबास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गरेर उचित बासको प्रबन्ध गर्न र आवश्यक क्षतिपूर्ति दिलाउन पनि सभापति देउवाले सरकारसँग माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !