प्रदेश नं.५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुखलाई कारोना संक्रमण
रुपन्देही, ३० साउन ।
प्रदेश नं. ५ का सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुखलाई कारोना संक्रमणको पुष्टि भएको छ ।
कोभिड-१९ व्यवस्थापनको प्रदेश सम्पर्क व्यक्ति तथा मिडिया ब्रिफिङ गर्दै आएका महाशाखा प्रमुख डा. उमाशंकर चौधरीलाई कोरोना संक्रमणको पुष्टि भएको हो । महाशाखा प्रमुख चौधरीले आज बेलुकी सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना संक्रमति भएको जानकारी गराएका हुन् ।
महाशाखा प्रमुख चौधरीले आफू अहिले घरमै आइसोलेशनमा बसेको जानकारी गराएका छन् । महाशाखा प्रमुख चौधरीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनले भनेका छन्, “हाल म होम आइसोलेशनको रुपमा बसेको हुदा दुई हप्तासम्म यहाँहरुको सम्पर्क भन्दा बाहिर रहने छु । मेरो स्वास्थ्यको अवस्था अहिले सामान्य छ ।”
उनले सेवा प्रवाह गर्ने क्रममा आफ्नो सम्पर्कमा आउने सम्पूर्ण ब्यक्तित्वहरुका आफ्नो स्वास्थ्यको सुरक्षालाइ महत्व दिन आग्रह गरेका छन् । उनले भनेका छन्,” आशा तथा बिश्वास छ दुर्इ हप्तापछि पुनः सक्रियरुपमा यहांहरुको बिचमा हुने छु ।”