३ आश्विन २०८१, बिहिबार

अर्घाखाँचीका एफ.एम.द्धारा नेटवर्क रेडियोका समाचार बजाउन बन्द, मनपरी गरेको आरोप

प्रकाशित मिति :  15 August, 2020 7:38 am


काठमाडौं, ३१ साउन ।

अर्घाखाँचीमा रहेका एफ.एम. रेडियोहरुले काठमाडौंबाट प्रशारण हुने नेटवर्क रेडियोका उत्पादन र तयार पारेका समाचार सामाग्री बजाउन बन्द गरेका छन् ।

केन्द्रका नेटवर्क रेडियोले मनपरी गरेको भन्दै अर्घाखाँचीका रेडियोका प्रतिनिधहरुको बैठकले समाचार बजाउन रोक्ने निर्णय गरेको हो । अर्घाखाँचीमा रहेका ८ वटा रेडियोका प्रतिनिधिको हस्ताक्षर रहेको विज्ञप्तिमा आम जनतालाई सूचना तथा जानकारी सम्प्रेषण गराउने प्रतिबद्धता समेत गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,“केन्द्र्रमा रहेका नेटवर्क रेडियोहरुले उत्पादन गरेका समाचार तथा बुलेटिनहरु प्रशारण गरिदै आएकोमा नेटवर्क रेडियोहरुले स्थानीय रेडियोहरुसँग कुनै समन्वय र सहकार्य नगरी समाचारको बीचमा सरकारी, संघसंस्थाका विज्ञापनहरु प्रशारण गरिहेको र यसको प्रतिफल स्थानीय रेडियोहरुमा नदिएका कारण जिल्लामा रहेका स्थानीय रेडियोहरुको व्यवसायीक विकासमा समस्या परेको महशुस गरि यही २०७७ साल साउन ३० गते साँझा ६ बजेदेखि लागु हुनेगरि केन्द्रबाट प्रशारण हुने कुनैपनि नेटवर्क समाचार प्रशारण नगर्ने निष्कर्षमा हामी पुगेका छौं ।”

अर्घाखाँचीका रेडियोहरुले हिजो बेलुकी देखि नै केन्द्रका रेडियो नेटवर्कका समाचारहरु बजाउन छोडेका छन् ।



प्रतिक्रिया दिनुहोस !