३ आश्विन २०८१, बिहिबार

जर्मन क्लब बायर्न म्युनिख यूएफा च्याम्पियन्स लिगको सेमिफाईनलमा, बार्सिलोना २-८ गोलले पराजित

प्रकाशित मिति :  15 August, 2020 7:51 am


काठमाडौं, ३१ साउन ।

यूएफा च्याम्पियन्स लिगको गएराति भएको क्‍वाटर फाइनलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनाविरुद्ध सानदार जित निकालेको छ ।

बार्सिलोनालाई दुईका विरुद्ध आठ गोलले हराउँदै हालसम्म पाँच पटक लिगको जितेको बायर्नले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

हारसँगै लियोनेल मेसीको टोली बार्सिलोना लिगबाट बाहिरिएको छ। बायर्नका लागि बार्सिलोनाबाट यो सिजनको सुरूवातमा पठाइएका फिलिप कोटिन्होले दुई गोल गरे भने थोमस मुलरले दुई गोल गरे।

ईभान पेरिसिक, जोसुआ किमिच, सर्ज जिनाब्री र रोबर्ट लेवोन्दस्कीले एक/एक गोल गर्दै बार्सिलोना विरुद्धको जितलाई फराकिलो बनाएका थिए । लिगका सर्वाधिक गोलकर्ता लेवोन्दस्कीले हिजोको खेलमा एक गोल गर्दै व्यक्तिगत गोल संख्या १४ पनि पुर्‍याएका छन् ।

बायर्नले अब फाइनल प्रवेशका लागि आज राति हुने इङ्लिश क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब लियोनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सिटी र लियोनीबीचको लिगको उक्त अन्तिम क्‍वाटर फाइनल खेल नेपाली समयानुसार १२ बजेर ४५ मिनेटमा सुरू हुनेछ । फ्रान्सेली क्लब प्यारिस सेन्ट जर्मेन(पीएसजी र अर्को जर्मन क्लब आरबी लेइप्जिगले यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

सेमिफाइलन चरणका खेलहरू आगामी मंगलबार र बुधबार हुँदैछन् ।



प्रतिक्रिया दिनुहोस !