३ आश्विन २०८१, बिहिबार

नयाँ नक्शा जारीपछि पहिलो पटक भारतीय प्रधानमन्त्रीसँग प्रधानमन्त्री ओलीको टेलिफोन संवाद

प्रकाशित मिति :  15 August, 2020 2:10 pm


काठमाडौं, ३१ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।

प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग टेलिफोना संवाद गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । सम्बन्ध चिसिएको ठानिएका बेला दुई देशका प्रधानमन्त्रीबी टेलिफोना संवाद भएको हो ।

नेपालले भारतद्धारा मिचिएको लिम्पियाधुरा,कालापानी र लिपुलेक समेटेर नयाँ नक्शा जारी गरेपछि पहिलो पटक नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीबीच टेलिफोन संवाद भएको हो ।

प्रधानमन्त्री ओलीले भारतको स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिएको परराष्ट्र मन्त्रालयलले जनाएको छ । मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७४ औं स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार तथा भारतका जनतालाई हार्दिक बाधाई दिएका छन् । प्रधानमन्त्री ओलीले भारतका जनताको निरन्तर प्रगति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।”

कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा गरिएको सम्बोधनमा छिमेकीलाई प्राथमिकता दिने विषय समेटिएको भन्दै भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीले सार्थक द्विपक्षीय सहयोगका लागि तत्पर रहेको बताएका छन् ।  दुई देशका प्रधानमन्त्रीबीच कोभिड १९ का विरुद्धमा साझा ढंगले विषयमा पनि छलफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

दुई देशबीच द्धिपक्षीय सम्बन्धबारे छलफल जारी राख्ने सहमति पनि व्यक्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !